चितवनः राजधानी काठमाडौंसंग यातायात सम्बन्ध बिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड शुक्रबार दिउँसो सम्ममा संञ्चालनमा आउने गरि काम अघि वढाईएको छ । सो सडक खण्डको चितवन र धादिङ्ग जोड्ने मौवाखोलाको पुल संगैको भाग वगाए पछि राजमार्ग गएको सोमबारबाट पूर्ण रुपमा अबरुद्ध छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मुलधारमा पठाएर जालिको पर्खाल लगाउन थालिएको छ । विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेर सम्म गरिएको थियो । दिनभर ४२ जना मजदुरले पर्खाल लगाउने काम गरेका थिए । दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको अधिकारीले जानकारी दिनुभयो ।
आज विहान सबेरै देखि कामलाई निरन्तरता दिईएको छ । नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भईरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । अधिकारीले भन्नुभयो “थप पानीले समस्या नवनाएमा भोलि दिउँसो सम्ममा पृथ्वी राजमार्ग संञ्चालनमा ल्याउँछौ ।” सो सडक खण्डको मुग्लिनबाट नौबिसे सम्म २ सय भन्दा वढि पहिरा खसेका थिए । ती पहिरो पन्छाउने र मर्मत सम्भार गर्ने काम तिब्र गतिमा भईरहेको उहाँले जानकारी दिनुभयो । राजधानी प्रबेश गर्ने र बाहिरीने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तिब्रता पाएको अधिकारी बताउनुहुन्छ ।
ठाउँठाउँमा एकतर्फि सडक खुलाईएको छ । ती ठाउँमा मालवहाक ट्रकहरु अव्यवस्थित ढङ्गले पार्कीङ्ग हुँदा काममा अफ्ठ्यारो भएको उहाँले बताउनुभयो । यता नारायणग–मुग्लिन सडक खण्डको चार किलो र १६ किलोमा सडक एकतर्फि संञ्चालनमा आएको छ । सडक बिभागले हालका लागि राजधानी काठमाडौं जान त्रिभूवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ । धेरै दिन सम्म पृथ्वी राजमार्ग अबरुद्ध हुँदा अत्यावस्यक र मालवहाक सवारी प्रभाबित वनेका छन् ।
साउन ४ गतेबाट देशैभर अनवरत रुपमा वर्षा भईरहेकोमा बुधबार दिउँसोबाट यस क्षेत्रमा वर्षा कम हुँदै आएको छ ।