चितवनः माथीबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संञ्चालनमा आएको छ । मंगलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाए पछि अहिले ७ः४५ वजेबाट सडक एकतर्फि संञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २९ को वालुवा पुल नजिकै राति ८ः४५ वजे ठूला चट्टान सहित पहिरो झरेको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका ई. विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाईएको हो । पहिरो पन्छाउन नारायणगढ तर्फ दुईवटा एक्साभेटर र मुग्लिन तर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिरोले १ सय ५० मिटर सडक ढाकेको थियो । पहिरो आज विहान ९ वजेबाट पन्छाउन थालिएको थियो ।
पहिरो पन्छाए संगै मुग्लीन तर्फ जाने र आउने सवारी साधन गन्तव्य तर्फ लागेका छन् । सवारीको चाप कम भए पछि सडक पुरै सफा गरिने छ ।