चितवनः जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाब घटेसँगै वग्दै गरेको र किनारमा तैरीएको अबस्थामा शवहरु भेटिएका हुन ।
भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ । जसमा एक जना अन्दाजी १५ वर्षिया बालिका र अर्का ५५ वर्षिय एक पुरुष रहेको थापाले जानकारी दिनुभयो । ती शव सडेको अबस्थामा फेला परेका हुन ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शब आज फेला परेको छ । मंगलबार देखि उनी वेपत्ता भएका थिए । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो ।
भरतपुरकै वडा नम्बर १ गैँडाचोक स्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शब फेला परेको छ । त्यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिको बुढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षिय पुरुषको शब भेटिएको उहाँले जानकारी दिनुभयो । बग्दै गरेको शब देखिए पछि स्थानीय र प्रहरीले नदी बाहिर निकालेका थिए । एक जना वाहेक अन्यको सनाखत हुन सकेको छैन ।
बिभिन्न ठाउँहरुमा वगाएको वा पुरेको ठाउँबाट बाढिले शब बाहिर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । शवको मुजुल्का गरेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !