चितवनः नेपाली काँग्रेसका संस्थापक महामानव वीपी कोईरालाको ३८ औ स्मृति दिवस चितवनमा बिभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । काँग्रेस चितवनको आयोजनामा भरतपुरको चौबिसकोठीमा दिपप्रज्वलन गरियो भने काँग्रेसका बिभिन्न तहहरुले बिभिन्न किसिमका कार्यक्रमहरु गरी मनाएका छन् ।
दिपप्रज्वलन कार्यक्रममा बोल्दै काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले अहिलेको मुलुकको बिशम परिस्थितिमा कोईरालाको बिचार सहि साबित भएको बताउनुभयो । कोईरालाको बिचारलाई गाउँगाउँ सम्म पु¥याउनु आजको आबश्यकता रहेको उहाँको भनाई थियो ।
चितवन क्षेत्र नम्बर २ प्रदेश “क”ले कालिका नगरपालिकामा ५ सय चिउरीका विरुवा रोपेको छ । पार्टी संगको समन्वयमा शक्तिखोरमा विरुवा रोपिएको छ भने प्रदेश २“ख”ले वोटे समुदायका वालवालिकाहरुलाई स्टेसनरी तथा खाजा बितरण गरेको छ । क्षेत्रीय सभापति टंकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्ब सभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, सचिब उत्तम जोशि लगाएतले बोल्नु भएको थियो ।
यस्तै नेपाल तरुणदल चितवनले पश्चिम चितवनको मंगलपुरमा खुल्ला रक्तदान तथा वीपी बिचार गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ सय २१ जनाले रक्तदान गरेका छन् । तरुणदल नेता विश्व बास्तोलाको संयोजनमा भएको सो कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति श्रेष्ठ, पूर्ब सभापति रामकृष्ण घिमिरे, तरुणदल चितवनका पूर्ब अध्यक्ष सम्भू अर्याल, तरुणदल चितवनका उपाध्यक्ष निरञ्जन सुवेदी लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा वीपीको बिचार र आजको सान्दर्भिकताका बिषयमा काँग्रेस नेता दिल वहादुर वोगटीले प्रकाश पार्नु भएको थियो । यस्तै काँग्रेसका सबै स्थानीय तहहरुले आ आफ्नो तहमा बिभिन्न कार्यक्रमगरि स्मृति दिवस मनाएको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !