चितवनः माथीबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संञ्चालनमा आएको हो । सोमबार बिहान देखि पहिरो गएको ३६ घण्टापछि एकतर्फि संञ्चालनमा आएको हो ।
चार किलोमा खसेको ठूलो पहिरो पन्छाए पछि आज साँझ ४ः५० बजेबाट एक तर्फि संञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ६० मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडर र व्याकहुले पहिरो पन्छाईएको उहाँले जानकारी दिनुभयो ।
सोमबार दिन भर वर्षा र पहिरो खसिरहे पछि काम गर्न सकिएको थिएन । आज विहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलब ५ किलोमिटर मुग्लिन तर्फ पर्दछ ।
सो ठाउँ ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ हो । सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मत सम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न सुरु गर्दागर्दै पहिरो खस्न थालेको हो । यस अघि पनि त्यही पहिरो खसेर सडक अबरुद्ध भएको थियो । सो सडक अबरुद्ध हुँदा धेरै सवारीका साधन रोकीएका थिए । सडक एकतर्फि खुले संगै सवारीहरु गन्तव्य तर्फ लागेका छन् ।
राजधानी काठमाडौं तर्फ जाने सवारी भने अगाडी पृथ्वी राजमार्गमा पुगेर रोकीने भएका छन् । सवारीको चाप कम भए पछि सडक पुरै सफा गरिने छ ।

प्रतिक्रिया दिनुहोस !