चितवनः नेपाली काँग्रेसका संस्थापक नेता विपि कोईरालाको ३८ औं स्मृति दिवसको अबसरमा नेपाल बिद्यार्थी संघ अरुणदय कलेज गितानगरले बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा माक्स बितरण गरेको छ । ईकाई अध्यक्ष कृष्ण सापकोटाको नेतृत्वमा बिपिको शालिकमा माल्यापर्ण संगै अस्पतालमा रहेका बिरामी र बिरामी कुरुवाका लागि १ हजार थान माक्स बितरण गरिएको हो ।
अस्पतलमा रहेको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्षलाई नेपाल बिद्यार्थी संघ पूर्ब केन्द्रिय सदस्य कल्पना पौडेल र ईकाई अध्यक्ष सापकोटाले माक्स हस्तान्तरण गर्नु भएको हो । कोरोना संक्रमणको त्रासका समयमा बिरामी र बिरामी कुरुवालाई संक्रमण फैलन नदीनका लागि माक्स बितरण गरिएको सो अबसरमा जानकारी गराईएको थियो ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघ चितवनका नेताहरु परमेश्वर खनाल, राजेश भूषाल, प्रनिशा गुरुङ्ग, साजन गुरुङ्ग, इश्वर श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !