चितवनः त्रिशुली नदीले एउटा घर भासिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ खहरे खोलामा रहेको अर्चना भूषालको घर त्रिशुली नदिले कटान गरे संगै भासिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक शुर्य वहादुर थापाका अनुसार भुषालको घर त्रिशुली नदीले आज बिहान ११ः४० वजे भासिएको हो । भुषालको दुईकोठे पक्कि घर भासिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै राप्ती नदीले वगाएर वेपत्ता भएका खैरहनी नगरपालिका वडा नम्बर ११ का राजु बोटेको शव फेला परेको छ । उहाँका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ को सिन्धुलि घाटमा ३० वर्षिय वोटेको शब भेटिएको हो ।
शवलाई पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको उहाँले जानकारी दिनुभयो । वोटे सोमबार राप्ती नदीमा माछामार्ने क्रममा बोटेलाई राप्ती नदीले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस !