काठमाडौंः लकडाउन संगै बन्द भएका आन्तरीक उडान सुरु गर्ने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान गर्ने तयारी गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान सुरू गर्ने निर्णय गरेको हो । आन्तरिक उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ । बाह्य उडान सम्बन्धी भने कुनै निर्णय भएको छैन ।
त्यसैगरी हरि बस्याललाई सञ्चार सचिवमा सरुवा गरिएको छ । बस्याल यसअघि गण्डकी प्रदेशका सचिव थिए ।

प्रतिक्रिया दिनुहोस !