चितवनः लगातारको वर्षा संगै पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड अबरुद्ध छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डका दुई सय भन्दा वढि ठाउँमा साना ठूला पहिरा रहेका छन् । चितवन र धादिङ जोड्ने मौवा खोलाको धादिङ तर्फको पुल र राजमार्ग जोड्ने १२ मिटर भन्दा वढि भागमा खोला हिडेको छ । उहाँका अनुसार सो खण्डको मौवा खोला, जोगिमारा, चेरेस, जवाङ्ग खोला, चुम्लिङ्टार लगाएतका ठाउँमा पहिरो खसेका छन् ।
ई. शिब खनालले मौवा खोलाको पुल र सडक जोड्ने एप्रोज मर्मत सम्भार निकै कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो “त्यो काम गर्न केही दिन लाग्छ ।” साना ठूला पहिरो हटाउन धेरै समय नलागे पनि मौवाखोलाको पुल नजिकैको वगेको भाग मर्मत गर्न समय लाग्ने बताउनुभयो । सडक ठाउँठाउँमा अबरुद्ध भए पछि अत्याबश्यक कामले हिडेका यात्रु, बिरामी र मालवहाक सवारी रोकीएका छन् ।

प्रतिक्रिया दिनुहोस !