चितवनः चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको हात्तीसहितको टोलीले माडी ९, कुसुमखोलामा सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सचिब उत्तम जोशी द्धारा जारी बिज्ञिप्तीमा नागरिकको संबिधान प्रद्दत अधिकार निकुञ्जले हनन गरेको भन्दै बिरोध जनाईउको हो । वि. सं. २०५३ सालबाट उक्त ठाउँमा वासोबास गर्दै आएका सिमान्तकृत चेपाङ्ग बस्तिमा निकुञ्जले यहि साउन चार गते आगो लगाउने र घर भत्काउने कार्य गरेको भन्दै सो घटना प्रति काँग्रेसले निन्दा व्यक्त गरेको हो ।
बर्षातको समयमा समेत निकुञ्जले वस्ति उठाउन खोज्नु निन्दनीय भएको जोशी द्धारा जारी बिज्ञप्तिमा जनाईएको छ । राज्य गैर जिम्मेवार वनेको यस घटनाले स्पष्ट पारेको भन्दै बिज्ञप्तिमा पिडित नागरिकको धनजनको क्षती र तत्काल वसोवासको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !