चितवनः सात वर्ष अघि कतारबाट फर्किएर स्वदेशमानै रोजगारी सिर्जना गर्न तम्सीएका एक युवाले तीन ठाउँमा आधुनिक शैलुन संञ्चालन गरेका छन् । उनले शैलुन संञ्चालन गर्न मासिक रु १ लाख ७० हजार भाडा तिर्छन भने १४ जनालाई रोजगारी दिलाएका छन् ।
भरतपुर महानगरवपालिका वडा नम्बर २१ पार्बतीपुरका सुलभ सिग्देलले दुई वर्ष कतारमा बसेर फर्किए पछि शैलुन सम्बन्धि तालिम लिएर स्वदेशमानै पेशा सुरु गर्नुभएको हो । बि. सं. २०७१ साल साउन ६ गते पहिलो सामान्य शैलुनबाट पेशा थाल्नु भएका उहाँले त्यसको पाँच वर्ष पछि नजिकै रु ५० हजार भाडा तिर्ने गरि शैलुन बिस्तार गर्नुभयो । सुरुमा उहाँले मासिक रु १५ हजार भाडा तिर्ने गरि शैलुन सुरु गर्नुभएको थियो । जहाँ रु २० लाख लगानी गरेको उहाँ बताउनुहुन्छ ।
गतवर्षको साउन ६ गतेनै सिजी मलमा मासिक रु १ लाख भाडा तिर्नेगरि कोठा लिएर रु ३० लाख खर्च गरेर सिग्देलले दोस्रो शैलुन सुरु गर्नु भएको छ । यस वर्ष साउन ६ गते अर्को शैलुन दुरसंञ्चार रोडमा बिधिबत संञ्चालनमा आउँदै छ । जहाँ मासिक रु २० हजार भाडा तिर्नुपर्ने उहाँको भनाई छ । तीन वटै शैलुनमा गरेर १४ जनाले रोजगारी पाउने छन् । अधिकांश आफ्नै शैलुनमा काम सिकेका हुन ।
पपुलर युनिसेक्स शैलुनका नामबाट खोलिएको शैलुनमा तालिम पनि दिईदै आएको छ । हाल सम्म चार सय भन्दा वढिले तालिम लिई सकेको उहाँले बताउनुभयो । जस मध्ये १४ जनाले यसै क्षेत्रमा आँफैले शैलुन चलाउँदै आएको सिग्देल बताउनुहुन्छ ।
श्रीमती सुस्मिता चालिसे र आँफुले प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटि)बाट तालिम लिएर हाल महीला र पुरुष दुबैको कपाल काट्ने देखि बिबाहमा सजाउने सम्मको काम गर्दै आएको उहाँको भनाई छ ।
सिग्देल संगै तालिम लिएर माडीको बसन्तपुर वजारमा शैलुन चलाउँदै आउनु भएका बिष्णु मगर मेहनत ग¥यो भने स्वदेशमानै काम गर्न सकिन्छ भन्नुहुन्छ । दैनीक २० जना हाराहारी ग्राहक आउने गरेको भन्दै मगरले आफ्नै देशमा पेशा गर्न सुझाब दिनुभयो ।
गितानरको चोकबजारमा शैलुन चाउँदै आउनु भएका किशोर थापामगरले पनि सिग्देल संगै तालिम लिनुभएको हो । उहाँ तीन वर्ष दुबई बसेर नेपाल फर्कनु भएको हो । बिदेशको भन्दा यहाँ वढि कमाई हुने गरेको उहाँले बताउनुभयो ।
मेहनत ग¥यो भने यही गर्न सकीन्छ भन्ने आँफुलाई लागेको उहाँको भनाई छ । रु २ लाख हाराहारी खर्च गरेर मासिक झण्डै रु १ लाख सम्म कमाउनेहरु भएको सिग्देल बताउनुहुन्छ । उहाँले सुरु सुरुमा रु २० हजार लिएर ६ महिना सम्म तालिम दिने गर्नुहुन्थ्यो । अहिले रु ५० हजार लिएर ६ महिनाको सबै जान्ने गरि तालिम दिने गर्नु भएको छ ।
स्वदेशमानै थोरै लगानी गरेर राम्रो मुनाफा लिन सकीन्छ भन्ने उदाहारण सिग्देल संगै यही सिप सिकेर व्यवसाय गरेकाहरुले देखाएका छन् । लकडाउन संगै स्थानीयहरु माथि विश्वास वढेर गएको देखिन्छ । नेपालीहरुले खोलेका शैलुनहरुमा पनि केटा केटीको बिबाहको सिंगार, कपाल रंगाउँने, ठाडो पार्ने, डेढलक, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । त्यस्ता शैलुनले रु ५० को थ्रेडिङ् देखि रु ४० हजार लिएर दुलाहा दुलही सिंगार गर्ने सम्मका काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !