चितवनः लकडाउनका कारण कपाल काट्न डराएकाहरुले स्थानीय व्यक्तिले चलाएका शैलुन रोज्न थालेका छन् । कोरोना संक्रमण सर्ने डरले बाहीरबाट आएकाहरुको शैलुन भन्दा स्थानीयले चलाएका शैलुन रोजाईमा परेका हुन ।
भारत हुँदै तराइबाट कोरोना भित्रिएकाले ती क्षेत्रबाट आएर शैलुन चलाएकाहरु संग स्थानीय अल्लि बढि डराएका हुन । भरतपुरको सिजी मल र चौबिसकोठीमा दुईवटा शैलुन पपुलर जेन्स पार्लर चलाउँदै आउनु भएका सुलभ सिग्देल लकडाउन खुकुलो हुँदै जाँदा कपाल काट्नेको संख्या वढेको बताउनुहुन्छ ।

दुई वर्षको कतार वसाई पछि नेपाल फर्कीएर यो पेशा अंगाल्नु भएका सिग्देलले चार सय जना भन्दा वढिलाई तालिम दिई सक्नुभएको छ । श्रीमती सुस्मिता चालिसे र आँफुले प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटि)बाट तालिम लिएर हाल महीला र पुरुष दुबैको कपाल काट्ने देखि बिबाहमा सजाउने सम्मको काम गर्दै आउनु भएको छ ।
सिग्देलका अनुसार जिल्लामा रहेका स्थानीयका १९ भन्दा वढि शैलुनमा ग्राहकको आकर्षण वढेको छ । आँफुले तालिम दिएका १४ जनाले चितवन र नवलपरासीमा शैलुन चलाएको उहाँ बताउनुहुन्छ । पूर्ण सुरक्षित भएर आँफुहरुले कपाल काटेका कारण निर्धक्कका साथ ग्राहक आउने गरेको उहाँको भनाई छ । वि. सं. २०७१ साल साउन ६ गते चौबीसकोठीमा पहिलो पसल खोलेका सिग्देलले गतवर्षको साउन ६ गते सिजी मलमा रु ३० लाख खर्च गरेर दोस्रो शैलुन खोल्नु भएको थियो । यस वर्षको साउन ६ गते दुरसंञ्चार रोडमा अर्को शैलुन खोल्दै हुनुहुन्छ । सबैमा नेपाली र आँफैले तालिम दिएका कर्मचारी रहेका छन् ।
सिग्देल संगै तालिम लिएर माडीको बसन्तपुर वजारमा शैलुन चलाउँदै आउनु भएका बिष्णु मगर पहिले भन्दा लकडाउन पछि विश्वास गर्नेहरु वढेको बताउनु हुन्छ । आँफुले सुरक्षित बनेर कपाल काटेकै कारण ग्राहक बढेको उहाँको भनाई छ । सबैले चिनेका कारण निर्धक्क संग कपाल काट्न आउनेहरु बढ्दै गएको उहाँ बताउनुहुन्छ । दैनीक २० जना हाराहारी ग्राहक आउने गरेको मगरले बताउनुभयो ।

गितानरको चोकबजारमा शैलुन चाउँदै आउनु भएका किशोर थापामगरले पनि सिग्देल संगै तालिम लिनुभएको हो । उहाँ तीन वर्ष दुबई बसेर नेपाल फर्कनु भएको हो । उहाँले पनि लकडाउन संगै स्थानीय संग कपाल काट्ने वढेको बताउनुभयो । हामी सुरक्षित छौ भन्ने बिश्वास दिलाउन सकेकै कारण ग्राहक वढेको उहाँको भनाई छ ।
मिहेनत ग¥यो भने यही गर्न सकीन्छ भन्ने आँफुलाई लागेको उहाँको भनाई छ । रु २ लाख हाराहारी खर्च गरेर मासिक झण्डै रु १ लाख सम्म कमाउनेहरु भएको सिग्देल बताउनुहुन्छ ।आँफुले शैलुनबाटै दुई पसलको मासिक रु १ लाख ५० हजार भाडा तिर्दै आएको बताउनुभयो । अब खुल्ने पसलमा थप चार जनाले रोजगारी पाउने भन्दै उहाँले अहिले १० जनाले रोजगारी पाएको बताउनुभयो । सिग्देलले रु ५० हजार लिएर ६ महिनाको तालिम दिदै आउनुभएको छ ।
स्वदेशमानै थोरै लगानी गरेर राम्रो मुनाफा लिन सकीन्छ भन्ने उदाहारण सिग्देल संगै यही सिप सिकेर व्यवसाय गरेकाहरुले देखाएका छन् । लकडाउन संगै स्थानीयहरु माथि विश्वास वढेर गएको देखिन्छ । नेपालीहरुले खोलेका शैलुनहरुमा पनि केटा केटीको बिबाहको सिंगार, कपाल रंगाउँने, ठाडो पार्ने, डेढलक, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । त्यस्ता शैलुनले रु ५० को थ्रेडिङ् देखि रु ४० हजार लिएर दुलाहा दुलही सिंगार गर्ने सम्मका काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !