
चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो जाँदा सडक अबरुद्द वनेको छ । जिल्ल प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चारकिलोमा आज विहान पहिरो खसेको छ ।
निरन्तरको वर्षात संगै आज बिहान ५ः४० वजे पहिरो गएको हो । बिजुलीका पोल सहित ठूलो पहिरो खसेका कारण सो सडक दुई तर्फि वन्द भएको प्रहरीले जनाएको छ । सो स्थानमा यस अघि पनि पटकपटक पहिरो खस्दै आएको छ । पहिरोका कारण सडक अबरुद्ध हुँदा गन्तव्यमा जान हिडेका सवारी साधनहरु रोकीएका छन् ।