काठमाडौंः सरकारले आजबाट पाँच दिनसम्म लगातार भारी वर्षा हुने जनाएको छ । लगातारको भारी वर्षाका कारण चुरे तथा पहाडी भूभूभाग गलिसकेकाले सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढी, पहिरोको उच्च सम्भावना भएकाले सर्तक रहन आग्रह गरेको प्राधिकरणले तराईका नदी तथा आसपासका क्षेत्र र सीमावर्ती क्षेत्रमा डुबानको सम्भावना भएकाले पूर्व तयारी अपनाउन आग्रह गरेको छ । बाढी, पहिरोे तथा डुबानबाट ठूलो मात्रामा जनधनको क्षति हुने भन्दै प्राधिकरणले सुरुमै यसबाट सचेत हुन पनि भनेको छ ।
आपतकालीन सेवाका लागि प्राधिकरणले आपतकालन कार्यसञ्चालन केन्द्रका्े् १४४९ र पाढी तथा पहिरोको पूर्व जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने जनाएको छ ।

विपद् व्यवस्थापनमा संलग्न सबै सुरक्षा निकायलाई उद्दारका लागि तयारी अवस्थामा राखिएको तथा गैरसरकारी निकायलाई समेत तुरुन्त परिचालन हुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !