चितवन: गाई काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगहाका ५२ वर्षिय भीमवहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरिक्षक रविन कार्कीका अनुसार स्थानीय सन्तबहादुर तामाङको घरमा १ बजे राति गाईकाटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न पाँच जनामध्ये अन्य चार जना फरार रहेको कार्कीले बताउनुभयो ।
उनीहरुबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरी विशेषज्ञ लगायतको उपस्थितिमा नष्ट गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको र फरार रहेकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पशुपंछी हत्या सम्बन्धी मुद्धा चलाई कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !