काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक  सरेको छ । आज दिउँसो ३ बजेका लागि बालुवाटारमा बस्‍ने तय भएको स्थायी कमिटी बैठक सरेको छ ।

स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चले पनि ठोस निष्कर्ष भने निस्किएन ।
दुई अध्यक्ष छलफल गरेर स्थायी कमिटी बैठक बस्‍ने र केन्द्रीय कमिटी आह्‍वान गर्दै बैठक टुंग्याउने कार्यसूची थियो । पार्टीभित्रको संकट व्यवस्थापनका लागि एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !