काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल पनि निष्कर्षविहीन बन्‍न पुगेको छ ।
तीनजनाको बैठक भए पनि माधव नेपाल केही बेरअघि बैठकबाट बाहिरिएको थिए । नेपाल बाहिरिएपछि दुई अध्यक्षले केहीबेर कुराकानी गरेको भए पनि प्रधानमन्त्री ओलीकै राजीनामामा कुरा अड्किएको एक नेताले बताएका छन् ।
स्रोतका अनुसार प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन भनेका थिए । प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिएपछि बैठक सकिएको हो ।

तीन नेताको बैठक पनि निष्कर्षविहीन बनेपछि भोलिको स्थायी कमिटी बैठक थप अन्योल बनेको छ । आजै बिहान प्रचण्डसहित बहुसंख्यक सचिवालय सदस्य खुमलटारमा भेला भएका थिए । प्रचण्डनिवास खुमलटारमा भएको भेलाले स्थायी कमिटी बैठक नरोक्ने छलफल गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस !