रुकुम पश्चिमः दुई किलो अफिमसहित होटलमा लुकेर बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जाजरकोटको नलगाड नगरपालिका ४ का ३४ वर्षीय विनोद रावल र वडा नम्बर २ का २९ वर्षीय टेकबहादुर रावललाई पक्राउ गरेको जनाएको छ ।
आठबीसकोट नगरपालिकाको चिसापानीमा रहेको ममता होटलमा लुकेर बसेको बेला गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताउनुभयो ।
पक्राउ परेकाको साथबाट दुई वटा पोकामा रहेको दुई किलो अफिम, तीन वटा मोबाइल सेट र मोबाइल चार्ज गर्न प्रयोग गरिने पावर बैंक नियन्त्रणमा लिइएको डीएसपी केसीले जानकारी दिनुभयो । अफिमको खेती र चोरी निकासी रोक्न रुकुम प्रहरीले सक्रियता बढाएको प्रहरीले जनाएको छ ।