काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । ६ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा छलफलबाटै निकास दिने कुरामा समझदारी बनेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्षबीच असार २४ यता भेटवार्ता भएको थिएन । पछिल्लो भेट (बुधबार साँझको) तनावपूर्ण अन्त्य भएको थियो । आजको भेटवार्तामा दुवै अध्यक्ष छलफललाई निरन्तरता दिन राजी भएको र भोलि पनि भेट हुने सापकोटाले जानकारी दिनुभयो ।

असार १४ को अभिव्यक्तिपछि नेकपा विवाद विभाजनको जोखिमबाट गुज्रिइरहेको छ । दुई अध्यक्षबीचको संवादले फुटको जोखिम टारेको भए पनि विवाद भने ज्युँ का त्युँ रहेको बताइएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामाको विषयले मुख्य स्थान लिएपछि नेकपा स्थायी कमिटी अवरूद्ध भएको छ । साउन २ गतेसम्म स्थगित छ ।

प्रतिक्रिया दिनुहोस !