
काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हरेक वर्ष साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ । तरुण दलले कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर सप्ताहव्यापी मनाउने भएको हो ।
केन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिनुभयो । उनका अनुसार तरुण दलले स्मृति दिवसका अवसरमा मनाइने कार्यक्रमहरू तय गरेर जिल्लाहरूलाई परिपत्र पनि गरिएको छ ।