चितवनः तीन दिन देखि परेको वर्षातका कारण पर्यटकीय क्षेत्र सौराहा डुवानमा परेको छ । बाढीले सौराहाका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाति छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बिग बोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेको छ ।

यस्तै रत्ननगर नगरपालिका ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ ।

यस्तै रत्ननगर ७ मा रहेको रमाइलो डाडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !