
चितवन : चितवनका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पाँचै जना भरतपुर महानगरपालिका भित्रका रहेको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार संक्रमितहरु मध्य ४ जना पुरुष हुन् भने एक महिला हुन् ।
भरतपुर ५, १५, १६ र २४ का ३६, ३८, ४३ र ३६ बर्षीय पुरुष तथा २७ बर्षीय एक महिलामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् । उनिहरु सबै क्वारेन्टाइनमा रहेका छन् ।
शनिबार १२९ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्य ५ जनाको रिपोर्ट पोजेटिभ आएको र बाँकी १२४ जनाको भने नेगेटिभ आएको डा. अधिकारीले बताईन् ।