चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”ले पार्टी भित्र देखिएको बिबाद मिलाउने पक्षमा दुबै अध्यक्ष रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माडीले आज माडीमा आयोजना गरेको कार्यकता भेटघाट कार्यक्रममा बोल्दै उहाँले जनताको बिश्वासलाई आत्मसाथ गर्दै पार्टी भित्रको बिबाद मिलाउने पक्षमा प्रधानमन्त्री र आँफु रहेको बताउनुभएको हो । अहिले पनि संम्बाद चलिरहेको र सम्बाद पनि सहमतिको पक्षमा रहेको कार्यकतालाई जानकारी गराउनुभयो ।
समझदारी र सहकार्यले मात्र जनताको बिश्वास जित्न सकिने उहाँको भनाई थियो । उहाँले कम्युनिष्ट आन्दोलनलाई एक्यबद्ध वनाउका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो “पार्टी एकताबद्ध वनाउँदै समाजबादको वाटोमा हिड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन । त्यसमा कहि कसैले चुक्नु हुँदैन । हतारमा केही कुरा गरेर भोलि पछुताउने समय नआवस भन्ने हो ।” कार्यकताहरुलाई सम्बोधन गर्दै उहाँले अब पार्टी दुर्घटनामा नजाओस र देश दुघटनामा नजाओस भन्नका लागि पार्टी भित्रको बिबाद मिलाउन लागि परेको बताउनुभयो । उहाँले थप्नुभयो “कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको. हल निस्कन्छ ।” उहाँले भन्नुभयो “प्रधानमन्त्रीको चाहना पनि सहमती र समझदारी गरेरै अघि वढ्ने रहेको छ ।”
कार्यकर्ताहरुलाई निर्देशन दिदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिबिधि नगर्न आग्रह गर्नुभयो । कार्यकताहरु एकताको पक्षमा दृढ भएर अभिने समय आएको उहाँको भनाई थियो । सो अबसरमा उहाँले कोरोना संगसंगै बाच्न हिड्न सिक्नु पर्ने बताउनुभयो । यध्यपि सचेत भने हुनु पर्ने उहाँको भनाई थियो । आँफु निर्वाचित भएको माडी क्षेत्रमा अरुले गरे जस्तो सामान्य बिकास निर्माणले नहुने भन्दै दिर्घकालिन महत्व राख्ने महत्वपूर्ण आयोजनाहरु अघि वढेको उहाँले बताउनुभयो ।
निकुञ्ज ऐन संसोधन प्रकृयामा रहेको, आकाशे पुलका लागि अध्ययन गर्न रु १ करोड बिनियोजन भएको चक्रपथ निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । सो अबसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भएका बिकास निर्माणका बारेमा जानकारी गराउनु भएको थियो । आजै दाहालले बाढीले वगाएर मृत्यु भएका व्यक्तिको घरमा पूर्बसिंह तामाङ्को घरमा पुगेर जानकारी लिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !