चितवनः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नारायणी नदीको कटान रोक्नका लागि आबश्यक काम भईरहेकाले डर मान्नु पर्ने अबस्था नरहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सिमा क्षेत्र न्यूरे चोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरिक्षण गर्नुहुँदै उहाँले स्थानीलाई आश्वस्त पार्नु भएको हो ।
यस क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहनु भएका दाहालले प्रधानमन्त्री संगको आजको संबादलाई छाडेर आँफु निरिक्षणमा आएको बताउनुभयो । पार्टीका अर्का अध्यक्ष एबं प्रधानमन्त्री संग परामर्श गरेर आँफु निरिक्षाण्मा आएको उहाँले जानकारी दिनुभयो । तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले गरिरहेको उहाँको भनाई थियो ।
दाहालले आँफु निर्वाचित भए देखिनै राप्ती र नारायणीमा तटवन्ध सहितको रिंग रोड अघि वढाएको बताउनुभयो । बिस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्गकन कार्य भई सकेको र वजेटका लागि अर्थ मन्त्रालयमा रहेको दाहालले जानकारी दिनुभयो । उहाँले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाउनु भयो ।
शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न सुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेश सभा सदस्य कृष्ण भूर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराउनु भएको थियो । दाहालले आजै माडी नगरपालिकाको बाढि प्रभाबित बिभिन्न क्षेत्रको पनि निरिक्षण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !