चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लकडाउन भएको चार महिना पछि चितवनमा आउनु भएको छ । सरकारले कोरोना भाईरसको संक्रमणको त्रासले लकडाउन गरेको तीन महिना पुरा भएर चौथो महिनाको अन्तिम साता मात्रा चितवन आउनुभएको हो ।
कोरोना संक्रमणको समयमा जिल्ला बासिको अबस्था बुझ्न आउन समेत नभ्याउनु भएका यहाँका जनप्रतिनिधि भएर कोरोना संक्रमणको त्रास र बर्षाको त्रासमा जनताको साथमा हुनु पर्ने अध्यक्ष प्रचण्ड आफ्नै पाटी भित्र बिबाद निकालेर काठमाडौं बस्दै आएको चितवन क्षेत्र नम्बर तीनका एक सर्वसाधारणले वताए । अहिले वर्षाका कारण पश्चिम चितवनका केही भागमा डुवान हुन सुरु गरे पछि र सरकारकाले लकडाउन खुकुलो बनाए संगै दाहाल चितवन आउनु भएको हो । माडीमा वर्षातका कारण खोलाले वगाएर एक जनाको मृत्यु भसमेत भई सकेको छ भने अर्का एक जना बेपत्ता रहेका छ ।