चितवनः नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले असार २५ गते देखि पुनः क्रियाशिल सदस्यता बितरण गर्ने भएको छ । आजको बिशेष बैठकले क्रियाशील सदस्यता नविकरण तथा बितरण नयाँ कार्यतालिका सार्बजनिक गरेको हो।

बैठकले वडा कार्यसमितिले २०७७ श्रावण १० गते भित्र कार्यसम्पन्न गरि नगरपालिका कार्यसमितिलाई बुझाउने , नगरपालिका कार्यसमितिले २०७७ श्रावण १५ गते सम्म कार्यसम्पन्न गरि प्रदेश कार्यसमिति र क्षेत्रीय कार्यसमितिलाई पेस गर्ने प्रदेश क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिलाई २०७७ साल श्रावण २० गते कार्यसम्पन्न गरि जिल्ला कार्यसमितिलाई पेश गर्ने कार्यतालिका तय गरेको छ ।

साथै क्रियाशील सदस्यतामा बिबाद देखिएमा गुनासा ,उजुरी परेमा नेपाली काँग्रेस जिल्ला सभापतिमा रहेको पदाधिकारी समेतको समितिले छानवीन गरि निर्णय गर्ने पार्टीका सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।
काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले साउन ६ गते परेको बिपि स्मृति दिवसको अबसरमा जिल्ला भरी बिभिन्न कार्यक्रमहरु गरि मनाउने निर्णय गरेको छ । निर्णय अनुसार काँग्रेस चितवनले भरतपुरको चौबिसकोठ्ठीमा दिपप्रज्वलन गर्ने छ भने हरेक स्थानीयतहहरुले वडा स्तरमानै सामाजिक दुरी कायम गरि दिप प्रज्वलन गर्ने छ ।
यस्तै तरुणदल चितवनले रक्तदान र चितवन क्षेत्र नम्बर २ “क”ले वृक्षारोपण कार्यक्रम गर्ने निर्णय भएको काँग्रेस चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !