चितवनः अस्पतालमा उपचारका क्रमममा मृत्यु भयो भनेर आफन्तले अस्पताल तोडफोड गरेका बिरामी आज डिस्चार्ज भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरि ती व्यक्तिको मृत्यु भएको भनि आफन्तले कलेज तोडफोड गरेका थिए ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ का १८ वर्षिय आशिष वि.क.निको भए पछि आज अस्पतालबाट घर फर्कीनुभएको छ । एपेन्डिसाईटको शल्यक्रिया गरेका बिकलाई समस्या देखिए पछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भए संगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको शघन उपचार कक्षको झ्यालका शिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उपचार पछि डिस्चार्ज हुने क्रममा बिकले आँफुले नयाँ जीवन पाएको बताउनु भयो । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाईएछ तर अहिले डिस्चार्ज भएर घर फर्कदै छु” उहाँले भन्नुभयो ।

अस्पतालको अथक प्रयास पछि आँफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उहाँका बुबा केदार विकले अस्पताल प्रति धन्यवाद ज्ञापन गर्नुभयो । अस्पताल तोडफोडका बिषयमा परिवार संलङन नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तोडफोडमा मेरो संलङ्नता थिएन ।” आँफुले नवोलाए पनि मृत्यु भएको भनिए पछि स्टमित्र र गाउँलेले अस्पताल फोरेको उहाँले बताउनुभयो । एपेन्डिसाईटको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याईएको थियो । उहाँको जेठ २९ गते मृत्यु भएको भनि अस्पतालमा तोडफोड गरिएको थियो ।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एबं प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले एपेन्डिसाईट बिग्रिएर आन्द्राले काम गर्न छोडेकोमा उपचार पछि निको भएर घर जान लागेको बताउनुभयो । रगत नरोकिने (डिआईसी)भन्ने रोगको उपचार गरिएको थियो । रगतमा संक्रमण समेत भएकाले बचाउन निकै कठिन भएको उहाँले बताउनुभयो । यो रोगको संक्रमण भएका बिरामीहरु विश्वमानै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उहाँले अनाबश्यक मानिसहरु भिड भएर तोडफोड र गालि गलौजमा उत्रदा काम गर्नेहरुको मनोवल उच्च वनाउन कठिन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !