बोरामा भेटिएको शब हत्या गरिएको आशंका

चितवनः भरतपुरमा भेटिएको एक व्यक्तिको शब हत्या गरि फालिएको आशंका गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १०को चितवन माबिको खालि जग्गाको झाडीमा बोरामा पोकोपारेको अबस्थामा शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपािलका वडा नम्बर २१ शिबनगरका ४१ वर्षिय राजकुमार गुरुङ् रहेका छन् ।
थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्रि गर्ने, ठेलामा सामान बिक्रि गर्ने जस्ता काम गर्दै आएका उनी चार दिन यता हराई रहेका थिए । आज बोरामा शब भेटिए पछि उनको परिवारले आफन्त भएको भनि सनाखद गरेका हुन । हत्या भएको आशंकामा अनुसन्धानलाई तिब्रता दिईएको उहाँले बताउनुभयो । उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।