चितवनः देबघाट क्षेत्र बिकास समितिले संञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको क्षमता वढाईने भएको छ । हाल सो केन्द्रमा ३५ जना बृद्धबृद्धा रहेका छन् । यो संख्या तत्काल ५० पु¥याईने भएको छ ।
समितिका अध्यक्ष शिबराज पौडेलका अनुसार हाल वृद्धाश्रममा २० जना बृद्धा र १५ जना वृद्ध रहेका छन् । बृद्धाश्रममा भएको संरचना र व्यवस्थापन ५० जना सम्म राख्न सक्ने गरि मिलाईएको छ । उहाँले अब मापदण्ड पुरा गरि आएका बृद्धबृद्धालाई राख्न सकीने बताउनुभयो । सन्तान र सन्तती नभएका, ६५ वर्ष नाघेक, मानशिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एबं चिकित्सकले प्रमाणीत गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ ।
पौडेलका अनुसार हाल केन्द्रमा जाजरकोट देखि सुनसरी सम्मका बृद्धबृद्धा रहेका छन् । पछिल्ला वर्षहरुमा दाताहरुको राम्रो सहयोग रहेको छ । दुध र सागसव्जि वाहेक खाध्यान्न किन्नु नपरेको उहाँको भनाई छ । बार्षिक रुपमा रु ३५ लाख हाराहारी खर्च हुने गरेकोमा झण्डै आधा दाताले धानेको कार्यालयले जनाएको छ । बिभिन्न व्यक्तिहरुले बिबाहको वर्ष दिन, जन्मदिन, श्राद्धको दिन, संघ संस्थाको स्थापनाका दिन, जुन कुनै खुशिका समयमा त्यहाँका बृद्धबृद्धालाई खाना खुवाउने, लत्ताकपडा दिने, स्वास्थ्य उपचार गर्ने गरेका छन् । केन्द्रमा ६ जना कर्मचारी कार्यरत रहेका छन् । पौडेलले सो केन्द्रलाई बिस्तार गरि वृद्धग्राम बनाउन लागिएको जानकारी दिनुभयो ।
एक सय जना वृद्धवृद्धा बसेर बिभिन्न गतिविधिमा समावेश हुन सक्ने गरि ग्राम वनाउन लागिएको हो । उहाँले भन्नुभयो “वृद्धवृद्धाहरुले यहाँ आनन्दको अनुभूती गर्न सक्ने गरी ग्राम वनाउँछौं ।” बृद्धबृद्धालाई लक्षित गरी ग्राममा बिभिन्न कार्यक्रमहरु गर्न सक्ने वनाईने छ । यहाँ आउने वृद्धहरुलाई आफ्नो जीवन मिल्कीएको नभएर सम्मानीत हो भन्ने अनुभूती दिलाउने गरि ग्राम वनाउन लागिएको हो ।
आगामी वर्षको बजेटमा रु ८० लाख हाराहारी राखेर काम अघि वढाउने पौडेलको भनाई छ । सरकार र नीजि बिभिन्न संघ संस्थासंग बजेट जुटाएर उत्कृष्ठ ग्राम वनाउन लागिएको कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाट धार्मीक दृष्ट्रिले निकै महत्वपूर्ण स्थल भएकाले धेरैले आफ्नो जीवनको अन्तिम क्षण यहाँ बिताउन चाहने गरेको उहाँको भनाई छ । देवघाटमा रहेका नीजि र सामाजिक क्षेत्रबाट संञ्चालित वृद्धाश्रम, आश्रमहरु, मठमन्दिर, कुटीहरु लगाएतमा बृद्धबृद्धा बस्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !