नेकपा स्थायी कमिटिको बैठक असार २४ गते सम्मका लागि स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बिहीबारदेखि रोकिएको बैठक असार २४ गते बुधबारसम्म स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक रोकिएपछि अहिले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । केहीबेरपछि सुरु हुने बैठकमा दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोजी गरिने थापाले जानकारी दिनुभयो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer