
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको केहीबेर चलेको बैठक स्थगित गरेर दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेका छन् । त्यसलगत्तै दुईजना अध्यक्षबीच छलफल सुरु भएको हो ।