काठमाडौंः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीनिकट स्थायी कमिटी सदस्य बोलाएर छलफल गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका नेतासँग प्रचण्डले पार्टी एकताको अढाइ वर्ष अत्यन्तै अपमानित भएर बस्नुपरेको, ह्युमिलेट अनुभूत गर्नुपरेको भन्दै दुःखमनाउ गरेको छलफलमा सहभागी सुवास नेम्वाङले जानकारी दिनुभयो।
“परिस्थिति निकै गम्भीर छ । सोचेभन्दा पनि गम्भीर छ । यसै होला भनेर म पनि भन्न असमर्थ छु । आज प्रचण्डले अढाइ वर्ष अनुभूत गरेको खुरा खुलाखुलस्त भन्नुभयो । उहाँले मैले ह्युमिलेट फिल गरेँ भन्नुभयो,” उहाँले भन्नुभयो ।

छलफलमा ओली पक्षका स्थायी कमिटीमध्ये पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ, छविलाल विश्वकर्मा थिएनन् । झन्डै साढे तीन घण्टा छलफल चलेको थियो ।

ओलीनिकट नेताहरूले दुई अध्यक्षकै पहलकदमीका कारण पार्टी एकता भएकाले अहिले विभाजनको दिशामा जान नहुने बताएका थिए । पार्टीभित्र जति पनि समस्या छन्, ती सबै दुई नेता एकठाउँमा बसेर हल गर्नुपर्ने बताएको नेम्वाङको भनाइ छ ।

“हिजो दुईजना अध्यक्षले पार्टीलाई एकताबद्ध बनाउने कुरामा भूमिका खेल्नुभयो । तपाईंहरूले मिलौं भन्नुभयो हामी मिल्यौं,” उनले भेटमा भनेको कुरा बताउनुभयो, “अगाडि बढ्ने जिम्मेवारी पनि तपाईंहरूकै हो । तपाईंहरूले जे भन्नुहुन्छ मानेर जान कुनै अप्ठ्यारो छैन । मिल्नुस् । मिल्नुभएन भने जनता निरास हुन्छन् । हामी जनताकाबीचमा फर्किएर जान सक्दैनौं । मुख देखाउन लायक रहँदैनौं ।”

प्रतिक्रिया दिनुहोस !