चितवनः कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुर लामो समय देखि कायममुकायम प्रमुखको भरमा संञ्चालन हुँदै आएको छ । उपकुलपति,रजिष्टार, डिन लगाएतको पदावधी सकीँदा समेत नियुक्त हुन नसक्दा विश्वविद्यालय कायममुकायमको भरमा संञ्चालन हुँदै आएको हो ।
विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त छ । रजिष्टार माघ १२ गतेबाट र दुईवटा संकायका डिन जेठ १ गतेबाट खाली छ । कृषि र भेटेनरी संकायका डिनको जिम्मेवारी सहायक डिनलाई कायममुकायम वनाएर दिईएको छ । त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशक जस्ता महत्वपूर्ण अधिकारीहरु खाली छन् । विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषदको सात सदस्य मध्ये १ जना विधिवत रुपमा रहेका छन् ।

कृषि तथा वन विज्ञान विश्वबिद्यालयको अर्को व्यवस्था नभए सम्मका लागि तत्कालिन डिन शारदा थपलियालाई उपकुलपतिको जिम्मेवारी दिईएको छ । उहाँलाई दैनिक कार्य व्यवस्थापन गर्नका लागि मात्र जिम्मेवारी दिईको हो ।

थपलियाले पूर्ण जिम्मेवारी नपाउँदा दिर्घकालिन महत्वको काम गर्न नमिलेको र रजिष्टार नहुँदा आर्थिक र प्रशासनीक काममा समस्या देखिएको वताउनुभयो । हालै मात्र थपलियाले तलब भत्ताका लागि आर्थिक कारोबार सुरु गर्न थाल्नु भएको छ । उहाँका अनुसार तलव भत्ता लगाएतका अत्याबश्यक कामका लागि आर्थिक कारोबार सुरु गरिएको हो । उपकुलपति नियुक्ती भएमा चार वर्ष कार्ययोजना वनाएर काम गन सक्ने भए पनि त्यसो हुन सकेको छैन ।
विश्वबिद्यालयले दिर्घकालिन महत्व राख्ने बिभिन्न काम गर्नु पर्ने भए पनि यो आर्थिक वर्ष यतिकै गुजारेको छ । बिश्वबिद्यालयको दैनिक गतिविधि संञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । वि. सं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन यस विद्यालय स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस !