काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । आजको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल भएको हो । यसअघि मंगलबारको बैठकमा अध्यक्ष दाहालसहित १७ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेका थिए ।
त्यसलगत्तैदेखि प्रधानमन्त्री ओली लगातार परामर्शमा छन् । उनले बिहानमात्रै पार्टीका केही स्थायी कमिटी सदस्य र मन्त्रीहरुसँग परामर्श गरेका थिए ।