
काठमाडौंः पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही रहेका छन् ।
भक्तपुर प्रहरीका प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । ‘पूर्वमन्त्रीज्यूको घरमा भएको विष्फोटबारे अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो’, गिरीले भन्नुभयो,“थप अनुसन्धान गरिरहेका छौं ।”
यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै एक जना पक्राउ परेको भए पनि संलग्नता पुष्टि नभएपछि छुटिसकेका छन् ।