काठमाडौंः मंगलबार भएको स्थायी कमिटिको बैठकमा प्रधानमन्त्रीको आलोचना संगै राजिनामा सम्म माग भए पछि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार वोलाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाउनुभएको हो ।

पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लाग्नु भएको हो । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् ।

उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्शसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !