काठमाडौंः नवलपरासी बर्दघाट सुस्ता पूर्व, मोरङ र डोटीमा चारजना मृत फेला परेका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्व, गैंडाकोट नगरपालिका–१३ बस्ने ६९ वर्षीय बुद्धिमान वाईवा देबचुली नगरपालिका–१ दिव्यपुरी पोष्ट नजिकै नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा, मकालु गाउँपालिका–२ सुवेदी गाउँ बस्ने ३५ वर्षीया पासाङ डोमा शेर्पा सोही ठाउँस्थित स्याङ खोलाको किनारमा मृत अवस्थामा फेला परेकी छन् । असार १२ गते बेपत्ता भएका उनको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा खोलाको ढुंगामा अड्केको अवस्थामा उनको शव फेला पारेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका–८ स्थित सिंगिया खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस्तै डोटी, दिपायल शिलगढी नगरपालिका–३ स्थित झोलुङ्गे पुल नजिकै सेती नदीको किनारमा नवजात शिशुको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस !