काठमाडौंः नेकपा स्थायी कमिटी बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

करिब आधाघण्टा राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओली फर्किएका थिए । प्रधानमन्त्री फर्किएलगत्तै नेकपा स्थायी कमिटीको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस !