
चितवन – भरतपुर महानगरपालिका २९ सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा स्कार्पियो र ग्यास बुलेट एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् ।
आज (सोमबार) साँझ मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नं. को स्कार्पियो र बिपरित दिसाबाट गइरहेको एनएल ०१ क्यु ५१०६ नं को ग्यास बुलेट एक एकआपसमा ठोक्किदाम एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी स्कार्पियोमा सवार हेटौंडा उपमहानगरपालिका ५ की ४८ बर्षीय प्रभा गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भिर घाइते भएकी उनको उपचारको लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही स्थानका स्क्रापियो चालक ४५ बर्षीय राजन घिमिरे र २५ बर्षीय अनुज धिताल गम्भिर घाइते भएका छन् । यस्तै सोही स्थानकी २७ बर्षीय बर्षा धिताल र ५३ बर्षीय कृण्ण धितालको अवस्था मध्यम रहेको छ । उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ग्यासबुलेटका चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।