चितवनःनेपाल बिद्यार्थी संघ चितवनले भरतपुर अस्पतालमा बिभिन्न ११ बुद्धे मागहरु राख्दै ज्ञापनपत्र बुझाएको छ । संघका उपाध्यक्ष राजन दाहालको नेतृत्वमा गएको टोलिले कोरोना अस्थायी अस्पतालमा भएको चोरीको बिषयमा छानविन गरिनु पर्ने, कर्मचारी नियुक्ति पारदर्शी गरिनु पर्ने लगाएतका मागहरु राख्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेबिसंघका मागहरुमा अस्पतालमा आएका बिरामीहरु मध्ये आफन्त नभएका, गरिब, अपाङ्गहरुलाई निशुल्क उपचार गरिनु पर्ने, अस्पतालमा आर्थिक पारदर्शीता हुनु पर्ने, स्वास्थ्य बिमा कार्यक्रम अझै प्रभावकारी वनाईनु पर्ने, बिमा मार्फत पाईने आबश्यक औषधिमा गुणस्तर हुनु पर्ने, बिरामी बाहिर पठाउने परम्परा रोकीनु पर्ने लगाएतका मागहरु रहेका छन् ।
ज्ञापनपत्र बुझाउँदै नेबिसंघका उपाध्यक्ष दाहालले आँफुहरुको माग पुरा नभए थप आन्दोलन गर्ने वताउनु भयो । बिद्र्याीहरुको ज्ञापनपत्र बुझ्दै अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. तिवारीले बिद्याथीृहरुको माग प्रति आँफु सकारात्म भएका कारण यस बिषयमा अध्ययन गरि पकृया अघि वढाउने वताउनुभयो । सो अवसरमा नेबिसंघ चितवनका नेताहरु गणेश रिजाल, श्रीकृष्ण लामिछाने, बिनिता पौडेल लगाएतको उपस्र्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !