काठमाडौंः सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा ३ प्रहरी र दुवै पक्षका १५ कार्यकर्ता घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

घटना सामान्य भए पनि पछि उग्र बन्दै गएपछि झडपमा परिणत भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो।

प्रहरी अनुसार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै विवाद सुरु भएको हो । दुई सवारी मध्ये एक कांग्रेस र एक नेकपा समर्थित कार्यकर्ताको थियो । त्यही विवाद बढ्दै जाँदा राजनीतिक रुपमा झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस !