चितवनः तत्कालिन माओवादीको आक्रमणबाट गम्भिर घाईते भई गोर्खाबाट बिस्थापित हुनु भएका शिक्षक नेता यदुप्रसाद अधिकारीको नबौं दिनको पूण्य तिथिमा आज उहाँको निवास गौरीगञ्जमा शोक सभा गरिएको छ । नेपाली काँग्रेस वडा नम्बर ८ को नगर समितिले शोक सभाको आयोजना गरेको हो ।
सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो आस्थाबाट कत्तिपनि बिचलीत नभई पार्टी संगठनमा कटिवद्ध भएर लागेका निष्ठावान शिक्षक नेताको देहवसानले काँग्रेस पार्टीमा अपूरणीय क्षती पुगेको बताउनुभयो । उहाँले परिवारजनलाई भन्नुभयो “उहाँको निधन हुँदै गर्दा तपाईहरुको साथमा सिंगो पार्टी छ । एक्लो महशुस नगर्नुहोला ।” तीन साता अघि उहाँलाई भेट्न निवास पुग्नु भएका सभापति श्रेष्ठलाई आफ्नो गोर्खाको पार्टीको क्रियाशिल सदस्यता चितवन सारिदिन उहाँले अनुरोध गरेको स्मरण गर्दै श्रेष्ठले यो ईच्छा पुरा गर्न नसकेको भन्दै दुःख प्रकट गर्नुभयो ।
सभामा नेपाली काँग्रेस चितवनका पूर्ब सभापति एबं संबिधान सभाका सदस्य रामकृष्ण घिमिरेले शिक्षा क्षेत्रमा अधिकारीले पु¥याएको योगदान महत्वपूर्ण भएको भन्दै पार्टी प्रति उहाँको त्याग अबिस्मरणीय रहेको बताउनुभयो । नेपाली काँग्रेस चितवनका कोषाध्यक्ष शंकर प्रसाद कडेंलले अधिकारीको सिंगो गरिवार प्रजातन्त्र प्राप्तीका लागि लडेको परिवार भएको भन्दै उहाँको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रमका सभापति जगन्नाथ कडेंलले एक जना निष्ठावान व्यक्ति गुमाउनु पर्दा सिंगो काँग्रेस दुखित भएको वताउनुभयो ।
परिवारका तर्फबाट ज्वाई रामु दवाडीले पार्टीमा उहाँले पु¥याएको योगदानको बारेमा जानकारी गराउनु भएको थियो ।
वि.सं. २०१० साल फागुन १५ गते हालको अजिरकोट गाउँपालिका वडा नम्बर ३ लप्सिकोट गोर्खामा उहाँको जन्म भएको हो । बि. सं. २०५४ सालमा तत्कालिन माओवादीले संघातिक आक्रमण गरे पछि गम्भिर घाईते हुनु भएका उहाँ त्यहाँबाट बिस्थापित भई काठमाडौं बस्नु भएको थियो ।
वि.सं. २०७५ साल मंसिरबाट यहाँ बस्न थाल्नु भएका अधिकारी गत सात महिना अघिबाट क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । उपचारका क्रममा उहाँको यहि असार ६ गते निधन भएको हो । उहाँको निधनमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयले बिज्ञप्ति जारी गरि दुःख प्रकट गरेको थियो । उहाँका एक श्रीमती र तीन छोरा रहेका छन् ।