चितवनः भरतपुर महानगरपालिकाको छैठौ नगरसभा समापनका क्रममा महानगरले उद्योगि तथा व्यवसायी शंकर कडेंललाई सम्मान गरेको छ । कृषि क्षेत्रबाट महानगर भित्र उत्कृष्ट करदाताको रुपमा उहाँलाई सम्मान गरिएको हो ।
नवगंगा दाना उद्योग तथा अनमोल फिड प्रालिका प्रबन्ध संञ्चालक कडेलले कृषि क्षेत्रबाट महानगरपालिकामा बार्षिकरुपमा कर बुझाउँदै आएको छ । सो कम्पनीले नियमीत कर तिर्ने र सबैभन्दा वढि तिर्ने भएकाले महानगर प्रमुख रेनु दाहाल र र उपप्रमुख पार्बती शाह ठकुरीले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
सभाको समापन समारोहमा बिकास निर्माणका योगदान गरेका, सामाजिक काममा योगदान गरेका र खेल क्षेत्र संगै अन्य बिधामा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कडेंलले संञ्चालन गर्नुभएका दुबै उद्योग जिल्लाको उत्कृष्ट उद्योग हो ।

प्रतिक्रिया दिनुहोस !