पोखराः कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका क्रममा पोखरामा आज पनि झडप भएको छ । गण्डकीमा कोरोना संक्रमणले मृत्यु भएका दोस्रो व्यक्तिको शव व्यवस्थापनमा पनि स्थानीयले अवरोध गरेका हुन । यद्यपि नेपाली सेनाले शव व्यवस्थापन भने गरिसकेको छ ।
गएराति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको थियो।
पोखरा महानगरले उक्त शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने भनेर जग्गा खोज्यो । तर, स्थानीयले टायर बालेर बाटो अवरुद्ध गर्ने प्रयास गरेका हुन । प्रहरी नै परिचालन गर्नुपर्‍यो । त्यसक्रममा ८ राउन्ड हवाइ फायर पनि भएको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक सुवास हमालले सामान्य झडप भएको बताउनुभयो । प्रहरीले स्थानीयको भीड व्यवस्थापन गरेपछि मात्रै संक्रमितको शव व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !