चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ को १७ किलोमा एक नवजात शिशु मृत अबस्थामा भेटिएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शिशु शालनाल सहित भेटिएको हो ।
सालनाल सहित बेरीएको अबस्थामा शिशु भेटिएको र शिशुलाई पोष्टमाटमका लागि भरतपुर अस्पताल पठाईएको कार्यालयका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङ्गले जानकारी दिनुभयो । बाटोको छेउमा शिशु भेटिए पछि प्रहरीलाई खबर आएको उहाँले बताउनुभयो ।
शिशु कस्ले फालेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !