चितवनः जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि रु ९ अर्ब ४० करोड भन्दा माथिको वजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र पाँच नगरपालिकाले वुधबार वजेट सार्बजनीक गरि सकेका छन् भने गाउँपालिकाको गणपुरक संख्या नपुगेका कारण सरेको छ ।
स्थानीय तहले सामान्य ढङ्गबाट परिषद गरिरहेका छन् । अतिथिहरु समेत नवोलाई भरतपुर महानगरपालिकाले परिषद सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र वजेट सार्बजनीक गरेको छ । जसमा रु ४ अर्ब १५ करोड ६४ लाख वजेट सार्बजनीक गरिएको छ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड १९को प्रभावलाई न्यूनिकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषी ,रोजगारी सृजना र पूर्बाधार बिकासलाइ जोड दिएको छ ।
रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु १ अर्ब १४ करोड बजेट ल्याएको छ । नगर प्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिईएको बताउनुभयो ।
खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ७७ करोड ८५ लाख बजेट सार्बजनीक गरेको छ । नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताउनुभयो ।
यस्तै राप्ती नगरपालिकाले रु ८२ करोडको बजेट ल्याएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन । यसपटक राप्तीका पहाडी वडाले रु १ करोड ५० लाखसम्म पाएका छन् । राप्तीले खरका छानो मुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ ।
माडी नगरपालिकाले रु ८८ करोड ७० लाखको बजेट ल्याएको छ । यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य व्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताउनुभयो । स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ ।
कालिका नगरपालिकाले २०७७÷७८ का लागि रु १ अर्ब ४ करोड ९२ लाखको बजेट ल्याएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रम मार्फत विपन्नलाई घर बनाइएको छ ।
इच्छाकामना गाउँपालिकाले यसपटक रु ५६ करोड ९६ लाख बजेट ल्याउँदै छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरूङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट सुरू गरिने बताउनुभयो । वजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका उपप्रमुख कृति कुमार श्रेष्ठका अनुसार बुधबार गणपुरक संख्या नपुगेर रोकीएको परिषद आज हुँदै छ ।