
चितवनः जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यवसायीक सटर एबं घरहरुको लकडाउनको अबधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले बैशाख, जेठ र असार महिनाको भाडा नलिईने बताउनुभयो ।
डल्लाकोटीले चैत्र महिनाको ११ गते सम्म संञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको व्यवसायीक सटर र घरबाट मासिक रु ३ लाख ९० हजार भाडा संकलन हुने गर्दछ । डल्लाकोटीले भन्नुभयो “सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने ।”सरकारलाई सरकारी तहले सहयोग गर्नुपर्ने भन्दै उहाँले व्यवसाय नभएकाहरुसंग सरकारी निकायले भाडा लिनु न्यायीक नहुने वताउनुभयो ।
यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाई छ । जिल्लामा घरवाहलमा बस्नेहरुले भाडा छुट गरिदिन माग गरिरहेका छन् । नीजि क्षेत्रले समेत भाडाको टुङ्गो लगाई सकेको छैन । मूख्य रुपमा जिल्लाको प्रमुख वजार नारायणगढ र भरतपुर क्षेत्रमा महंगो भाडा तिर्ने व्यवसायीहरु रहेका छन् । सरकारी तवरबाट समन्वय सहित अस्पतालहरु, बिद्यालयहरु, क्याम्पसहरु, नेपाल प्रहरी, नागरिक उड्यन प्राधिकरण लगाएतले घर भाडामा लगाएतका छन् । ती निकायले भाडाको टुङ्गो लगाउन नसकी रहेका वेला जिल्ला समन्वय समिति प्रमुखले भाडा छुट गर्ने जनाउनु भएको हो ।
यस संगै अन्य सरकारी कार्यालय र नीजि क्षेत्रलाई दवाब र सहजता हुने भएको छ ।