
पोखरा – गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (मंगलबार) साँझ ८ जिल्लाका १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बाग्लुङमा ६ जना संक्रमित थपिएका छन् । ढोरपाटन नगरपालिकामा १८ देखी ४० बर्ष उमेर समुहका ४ पुरुष र ६७ बर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज नै कास्कीको पोखरा महानगरपालिकाका २२ देखी ४० बर्षका ३ पुरुष र २२ देखी ५४ बर्षका ४ महिला गरी ७ जनामा कोरोना देखिएको छ ।
उता पर्वतको बिहादी गाउँपालिकाका २ पुरुष, पैयु गाउँपालिकाका ३ पुरुष, कुश्मा नगरपालिकाका ९ पुरुष र २ महिला तथा मोदी गाउँपालिकाका २ पुरुष र एक महिला गरी २१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै तनहुँको पिरिङ्ग गाउँपालिकाका एक पुरुष, स्याङ्जाको गल्याङ नगरपालिकाका ३ पुरुष, भिरकोट नगरपालिकाकी एक पहिला, कालिगण्डकी गाउँपालिकाका २ पुरुष, चापाकोट नगरपालिकाका ४ पुरुष र एक महिला तथा वालिङका २ पुरुषमा कोरोना देखिएको हो ।
त्यस्तै गोरखामा १८ जना नयाँ संक्रमित थपिएका छन् । गोरखाको भिमसेन गाउँपालिकामा ४ पुरुष र ८ महिला, शहिद लखन गाउँपालिकाका ३ पुरुष, बारपाक सुलिकोट गाउँपालिकाका एक पुरुष र पालिका नखुलेको २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुरमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोटका एक पुरुष र एक महिला तथा बुलिङटारक १५ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई जिल्ला अस्पतालको आइलेसनमा लैजाने तयारी भइरहेको छ । यस सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६९७ पुगेको छ ।