चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले पुर्वस्वीकृती बिना रेष्टुरेन्ट संचालन नगर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित सुचना जारी गर्दै प्रशासन कार्यालयले पुर्व स्वीकृती बिना रेष्टुरेन्ट संचालन नगर्न निर्देशन दिएको हो ।
प्रशासन कार्यालयले पुर्व स्वीकृती लिएर मात्र रेष्टुरेन्ट संचालन गर्न पाइने जनाइएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रशासन कार्यालयमा निवेदन दिए मात्र थप निर्णय गर्न सकिने जारी सुचनामा उल्लेख छ ।
यस्तै प्रशासन कार्यालयले होटलहरुलाई क्वारेन्टाइन सेवा दिनका लागि पनि स्वीकृती लिनु पर्ने जनाएको छ । बिना स्वीकृती रेष्टुरेन्ट खोले तथा होटलले क्वारेन्टाइन सेवा दिएको पाइए कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।