
सुर्खेतः सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका ५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।
गत जेठ १६ थते भारतको हिमाचलबाट फकिएका उनी छिन्चुमा रहेको शारदा माध्यामिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए ।
क्वारेन्टिनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि युवकलाई घर पठाइएको भेरीगंगा नगरपालिका नगर स्वास्थ्य प्रमुख राजेश बुढाले जानकारी दिनुभयो । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो ।